- महान चाड बिजय दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै मादक पदार्थ बिक्रि बितरण तथा सेवन नगरौँ ।
- चाड पर्वको बहानामा तास, जुवा, ढाईस, लङगुर बुर्जा लगायत कानुनले बर्जित गरेको धन राशिको बाजि राखेर हार जीत हुने कुनै पनि प्रकारका खेल नखेलौं र नखेलाओैँ ।
- चाड पर्ब लाई लक्षित गरी नाटक, सडक नाटक, खेलकुद, स्टेज प्रोग्राम लगायत कुनै पनि प्रकारको मनोरन्जनात्मक कार्यक्रमहरु गर्दा सम्बन्धित निकायबाट अनुमती लिई बढिमा रातको समयमा भए ८ः३० बजे समापन गरौँ, गराओैँ ।
- आफ्नो टोल छिमेकमा कुनै पनि प्रकारका अपरिचित ब्यक्ति वा समुहहरुको प्रबेश भएमा त्यस्ता ब्यक्ति वा समुहहरु लाई निगनीमा राखि शंका लागेमा चाँडो भन्दा चाँडो सुरक्षा निकायमा खबर गरौँ
- सवारी साधन बाट यात्रा गर्दा चोरी लगायतका घटनाहरु घट्न सक्ने हुँदा साबधानी ्पुर्बक यात्रा गरौँ ।
- सवारी साधनबाट यात्रा गर्दा वा गराउँदा सिट क्षमता भन्दा बढि सवार नगराऔं साथै तोकिएको भाडा दरभन्दा बढि भाडा नलिऔं ।
- रकेट बम, खोर्सानी बम, झिर झिरे, पटका लगायत बिस्फोटक पदार्थ र आगो जन्य बस्तुको बिक्रि बितरण तथा प्रयोग नगरौँ ।
- तिहारमा खेलिने देउसी, भैलो लगायतका विविध कार्यक्रमहरु गर्दा रातको समयमा भए ८ः३० बजे सम्म मात्र खेलौं खेलाऔं ।
- मनासिब कारण बिना रातको समयमा जथाभाबी हुल हुज्जात गरी नहिडौँ ।
- सम्पुर्ण नगर बासीहरुले आ–आफ्नो घर वरीपरी अँध्यारो हुने स्थानमा रातको समयमा अनिबार्य बिजुली बत्ति बालौँ ।
- हाल सम्म पनि कोरोना भाईरस को प्रभाब कायमै रहेकाले अनाबश्यक भिडभाड नगरौँ सम्पुर्ण सुरक्षाका बिधिहरु अपनाओैँ ।
- कुनै प्रकारको घट्ना भएमा प्रहरी कन्ट्रोलको फोन १०० जानकारी गरौँ गराओैँ ।
- चाड पर्बहरुलाई बिकृतीको रुपमा नभई सँस्कृती को रुपमा मनाओैँ ।











