युक्रेनी सेनाद्वारा रुसको कुर्स्क क्षेत्रमा निरन्तर आक्रमण : एउटा पुल भत्कियो

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले निरन्तर आक्रमण गरेको छ । पछिल्लो आक्रमणबाट सेम नदीमा रहेको एउटा पुलमा क्षति भएको छ । युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले कुर्स्कमा आफ्नो सेनाले उपस्थिति बलियो बनाउँदै गएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले रुसमाथि गरेको पछिल्लो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण मानिएको छ । तर युक्रेनले रुसको भाग कब्जा गर्न आफूहरू इच्छुक नभएको बताएको छ । युक्रेनको कदमलाई लिएर प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search