कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभर मौसमको आंशिकदेखि साधारणतया बदली रहेको छ । पछिल्लो २४ घण्टामा सर्लाही, काठमाण्डौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ ।

त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनु भयो ।

आज कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search