संखुवासभाका स्रोत र साधनको उच्चतम प्रयोग गरौँ :मन्त्री खड्का

संखुवासभा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाभित्र रहेका स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

उनले अब प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे । सोमबार गृह जिल्ला संखुवासभा आइपुगेका मन्त्री खड्काले यो जिल्लामा मात्र झण्डै पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्ने बताए ।

खड्काले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका लागि काम गर्ने बताए । उनले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search