मकालु २ मा हुने राष्ट्रिय परिचय पत्र घुम्ती टोलीको कार्यक्रम स्थगित

संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ मा हुने भनिएको राष्ट्रिय परिचय पत्र निर्माणको कार्याक्रम स्थगित भएकोे छ । स्थानीयलाई राष्ट्रिय परिचयपत्र वडामा नै उपलब्ध गराइनका लागि कार्यक्रम तय भएपनि विविध कारणले रोकिएको वडा नं. २ का सचिव सुवास राईले बताउनु भयो । वडाले सूचना जारी गर्दे मंगलबार वडा परिसरमा कार्याक्रम हुुने भनेको थियो ।

उक्त कार्यक्रम अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको गाउँपालिका उपाध्यक्ष मनकला राईले जानकारी दिनु भयो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि आगामी किस्ताबाट राष्ट्रिय परिचय पत्र अनिवार्य रहेकोले तत्काल बनाउनु पर्ने भएकोछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search