काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएको छ ।
उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको सङ्केत पाएपछि आजको संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा दलहरूको स्वेच्छाचारी र अत्याचारयुक्त कदम हुने भन्दै यसले दलहरू मात्रै नभई नेपाली लोकतन्त्रलाई नै क्षति हुने बताउनुभएको हो ।
संवैधानिक परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हिँडेको कुराले लोकतन्त्रलाई नै गिज्याएको भन्दै परियारले रास्वपाले एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रका लागि लड्ने बताउनुभयो ।











