भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शन रोकिएन

भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । कोलकाताको साल्टलेक क्षेत्रमा रहेको स्वास्थ्य भवन अगाडि आन्दोलनरत चिकित्सकहरू हड्तालमा बसेका छन् ।

पश्चिम बङ्गाल सरकारले आन्दोलनरत चिकित्सकसँग हिजो वार्ताको समय तोके पनि आन्दोलनरत चिकित्सकको प्रतिनिधिसँग वार्ता हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ । ३२ दिनदेखि आन्दोलनरत जुनियर डाक्टरहरूको ३२ सदस्यीय प्रतिनिधिमण्डल सरकारको निमन्त्रणामा सचिवालय पुगेपनि बैठकको प्रत्यक्ष प्रसारणको मागलाई सरकारले नमानेका कारण वार्ता हुनसकेको छैन ।

जुनियर डाक्टरहरूको प्रतिनिधिमण्डलसँग कुराकानी गर्न झण्डै दुई घण्टा कुरे पनि वार्ता हुन नसकेपछि मुख्यमन्त्री ममता बनर्जीले सरकारको अपमान भएको भन्दै आक्रोश पोख्नुभएको खबरमा उल्लेख छ ।

उहाँले डाक्टरहरूको आन्दोलनका कारण उपचार नपाएर अहिलेसम्म २७ जनाको ज्यान गएको र ७ लाख मानिस उपचारबाट वञ्चित भएका दाबी गर्नुभएको छ । हड्ताल कायम भइरहे आफूले राजीनामा दिन तयार रहेको भन्दै उहाँले एकपल्ट बैठक भने बस्न आग्रह गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search