सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित

काठमाण्डौ । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

ललितपुरमा चलिरहेको सङ्घको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेशी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव वन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजक सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्विरोध चयन हुन नसकेका विभिन्न पदमा आज चुनावी प्रक्रियाबाट टुङ्गो लगाउने तयारी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search