संखुवासभा। संखुवासभाको खाँदबारीमा ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरु बिच बालमैत्री स्थानीय शासनमा बालबालिकाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । माट्स नेपालको आयोजना तथा खाँदबारी नगरपालिकाको प्रायोजनमा भएको उक्त कार्यक्रम खाँदबारी नगरपालिकाको उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगितामा खाँदबारीका ९ बाल क्लबको सहभागिता रहेको थियो । प्रतियोगीहरु मध्ये हिमालय बाल क्ल्ब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल गर् सफल भएका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः तीन हजार र, दुई हजार पाँच सय र दुई हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नवीन दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा खाँदबारीका युवा व्यवसायी राजमणी भण्डारीले बाल हेल्पलाइन सेवा १०९८ संखुवासभालाई आपतकालीन उद्वार तथा राहतमा सहयोग पुगोस् भनी बालबालिकाको लागी लत्ताकपडा हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्ने चित्र फेसबुक तथा युटुबबाट गरिएको थियो । कार्यक्रमको औचित्यताको बारेमा संस्थाका कार्यालय सचीव तथा बालहेल्पलाइन प्रमुख सुजन अधिकारीले प्रष्ट्याउनु भएको थियो । कार्यक्रम सन्चालन संस्थाका सदस्य सुरेन शाक्यले गर्नु भएको हो।












