राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउँछु : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउने बताउनुभएको छ ।

आउँदो असोज ४ गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या र क्षतिपूर्तिबारे आफूले दरिलो कुरा राख्ने बताउनुभएको हो । नेपालले जलवायु परिवर्तन हुने कारणमा कुनै योगदान नदिए पनि त्यसको असर भोगिरहेको कुरा विश्वका नेताहरूसामु राख्ने र क्षतिपूर्तिबारे कुरा उठाउने उहाँको भनाइ छ ।

यस्तै ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभामा नेपालले अपनाएको शान्ति प्रक्रियाको बाटो, सामाजिक र लैङ्गिक क्षेत्रमा हात पारेको उपलब्धि लगायतका विषयमा पनि सम्बोधन गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको अवरोध हटेपछि प्रतिनिधिसभाको आजको बैठक चलिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाने विषय संसद्लाई जानकारी गराउने कार्यसूची रहेकाले संसद् अवरोध नगर्ने माओवादीले निर्णय गरेको हो ।

संसद्को शुरूमै बोल्दै माओवादीका सांसद शक्तिबहादुर बस्नेतले देशकै प्रतिष्ठासँग जोडिएको प्रधानमन्त्रीको भ्रमणबारे आजको संसद्मा जानकारी गराउने विषयको महत्त्वलाई बुझेर संसद् चल्न दिइएको बताउनुभयो । उहाँले नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र युद्धलाई हिंसा भनेकोमा विरोध जारी नै रहेको बताउनुभयो ।राष्ट्रसङ्घको महासभामा नेपालको हितका विषयमा कुरा उठाउँछु स् प्रधानमन्त्री ओली

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search