कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाण्डौ । बाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाण्डौको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

कीर्तिपुर नगरपालिका ९ मा रहेको सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

नौ हजार आठ सय ५७ शेयर सदस्यको एक अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उहाँले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search