उच्च मूल्यबाट सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search