सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search