बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

काठमाण्डौ । बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

मृतकको परिचय खुलेको छैन । प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search