अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै साढे २७ लाख रुपैयाँ ठगी

काठमाण्डौ । अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेका छन् । उनले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटब उपलब्ध गराइदिने भन्दै ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजारु रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पौडेललाई काठमाण्डौको ठमेल नर्सिङ चोकबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search