ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।

७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ट्रम्पले आफूले टम होमनलाई लामो समयदेखि चिनेको र अमेरिकी सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही नभएको कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ । ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताउनुभयो ।

होमनले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तनको कार्यवाहक निर्देशकको रूपमा काम गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search