सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ । केही दिन अघिदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ६० हजार रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय पाँच रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search