संस्कृतिमन्त्री पाण्डेद्वारा पार्टीकै सांसद बजगाईंविरुद्ध उजुरी

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिनुभएको छ । आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै मन्त्री पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ ।

मन्त्री पाण्डेले अनुशासन समितिमा हिजो र संसदीय दलमा आज उजुरी दिनुभएको उहाँको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिनुभएको उजुरीमा उल्लेख छ ।

सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गएको मङ्गलवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search