काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाण्डौ–तराई मधेश द्रुतमार्ग अर्थात् (फास्ट ट्र्याक) आयोजनाको आज निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणका क्रममा भइरहेको काम र प्रगति अवस्थाबारे जानकारी लिनुभयो ।
राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभएको हो । राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको अवधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशनसमेत दिनुभयो । काठमाण्डौ–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोड्ने गरी फास्ट ट्र्याक निर्माण भइरहेको छ ।











