खाँदबारी । नेपाल तामाङ युवा घेदुङ संखुवासभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुदिप तामाङ निवार्चित हुनु भएको छ । नेपाल तामाङ घेदुङ संघिय सदस्य धन बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम खाँदबारीको टुडिखेल स्थित तमु ह्युल छोंज धींको सभाहलमा भएको हो । अधिवेशबाट १३ सदस्यीय समिती चयन भएका छन् ।
उपाध्यक्षमा चन्द्र बहादुर तामाङ, फुलमाया तामाङ, सचिवमा दिपक तामाङ, सहसचिबमा चित्रसेन तामाङ, कोषाध्यक्षमा मुना तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा सोम कुमार तामाङ, हेम कुमार तामाङ, प्रविना तामाङ, पवित्रा तामाङ, प्रदिप तामाङ, राधिका तामाङ, सुमित्रा तामाङ चयन भएका छन् ।
उक्त अधिवेशनबाट जिल्ला भरिका तामाङहरुको संस्कार जोगाउन तथा एक रुपता ल्याउन पहल गरिने भएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश सदस्य सुबास तामाङ, जिल्ला उपाध्यक्ष पदम तामाङ, तमु ह्युल छोंज धींका निवर्तमान अध्यक्ष तथा आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष मित्र गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।











