मकालु गाउँपालिकाको आयोजनामा सञ्चालन हुने मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको अवसरमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १३ गते देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्धितीय हुनेले १ लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।
फागुन १२ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ भने २हजार ५ सय टिम दर्ता शुल्क रहेको खेल संयोजक उपेन्द्र पराजुलीले बताउनु भयो ।
खेल मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा हुनेछ । खेल १४ गतेबाट सुरु भई १७ गते सम्पन्न हुनेछ ।












