२८६१ औँ सोनाम ल्होछारको अवसरमा दोमाङ, ग्यातोङ्वा पाठ पारायण धार्मिक प्रवचन सुरु भएको छ । सभापोखरी गाउँपालिका १ धुपूको टासी छयोलिङ गुम्बाको आयोजनामा आइतबार देखि कार्यक्रम सुसरु भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष लामा गुरु पाल्देन योञ्जनको प्रमुख वाचनमा प्रवचन सुरु भएको हो ।

आइतबार संविधान सभा सदस्य तथा पुर्व सांसद पुर्ण प्रसाद राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा गुम्बा निर्माण गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरएको छ । सोमबार (आज) देखि दोमाङ पाठ वाचन, ग्रणचक्र पुजा, धार्मिक प्रबचनसहित दशग्रह शान्ति पुजा हुनेछ ।

यसैगरि माघ २२ गते नियमित पाठपुजा डोल्मातारा र याङ्खु पुजा त्यसै गरि प्रवचन होम जेन्स्रेक पुजा हुनेछ । यस्तै माघ २३ गते ग्यातोङ्वा पाठ संगै प्रवचन वाङ अभिषेक गरिने छ भने माघ २४ गते विभिन्न साँकृतिक झाँकि संगै साँझमा दिपावली गरि समापन गरिने छ ।

सो कार्यक्रममा १ हजार देखि तल दान गर्ने दाताहरुको नाम माइकद्धारा बाचन गरिने छ । यस्तै १ हजार भन्दा माथि दान गर्ने दाताहरुलाई माइकद्धारा नाम बाचन संगै खादाले अभिनन्दन गरिने छ भने ५ हजार देखि माथि दान गर्ने दाताहरुलाई दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिने छ । यस्तै १० हजार भन्दा माथि सहयोग गर्ने दाताहरुलाई दोसल्लाद्धारा अभिनन्दन गरि शिलामा नाम लेखिने छ ।

यस्तै गरि १५ हजार भन्दा माथि दान गर्ने दाताहरुलाई दोसल्लाद्धारा अभिनन्दन गरि शिलामा नाम लेखि दाताको फोटो राखिने छ भने २० हजार भन्दा माथि दान गर्ने दाताहरुलाई दोसल्लाद्धारा अभिनन्दन गरि शिलामा नाम लेखि परिवारको फाटो राखिने आयोजकले जनाएको छ । कार्यक्रम सभापोखरी गाउँपालिका १ धुपूको टाँसि छयोलिङ गुम्बाको प्रांग्रणमा भइरहेको छ ।














