संखुवासभाको पाँचखपन नगरपालिका १ ओक्तेनमा रहेको जालपा देवी आधारभुत विद्यालयले हिरक महोत्सव मनाएको छ । विद्यालय स्थापना दिवसको अवसरमा ६० औं स्थापना दिवस तथा हिरक महोत्सव मनाएको हो । माघ २३ गतेबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरी २५ गते महोत्सव सम्पन्न गरेको हो ।

समापन कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष टेक बहादुर बुढाथोकी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष बुढाथोकीले यहीँ शैक्षिक शत्रमा नै वडा नं. १ भित्रका विद्यालयहरुलाई अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न फागुन महिना भित्र यहाँका विद्यालय, शिक्षक, विद्यार्थी र अविभावकहरुसँग छलफल गर्ने बताउनु भयो । पछिल्लो समय विद्यार्थीहरु न्युन हुनुमा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण नहुन मुखय कारण रहेको र विद्यार्थीहरु निजी विद्यालयमा पढाइनुले दिनानु दिन विद्यार्थी संख्या घटेको बाउनु भयो । केही वर्ष अघि शिवोदय माध्यमिक विद्यालय कुसुवामा अंग्रेजी माध्यमबाट पढाई सुरु भएयता विद्यार्थीको संख्या सन्तोषजनक रहेको स्मरण गर्नुभयो । बोर्डिङमा पढाउन लगिएका प्राय विद्यार्थीहरु फिर्ता भएको र उक्त विद्यालयमा पहिलो पटक विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने क्रममा आफ्नो निजी खर्च गरिएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी अविभावकहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा पाँचखपन नगरपालिका भित्रका आधारभुत विद्यालय स्तरीय एकल नृतय प्रतियोगिता समेत सञ्चालन गरिएको प्रधानाध्यापक प्रेम बहादुर श्रेष्ठले बताउनु भयो । जस्मा जम्बावती मावि पाँचखपन ३ प्रथम, शिवोदय मावि पाँचखपन १ द्धितीय, जालपा देवी आवि पाँचखपन १ तृतीय र चौदण्डी आवि पाँचखपन १ सान्तवना भएको थियो । विजेताहरुले क्रमश ३ हजार, २ हजार, १ हजार ५ सय र ५ सय रुपैंया साथमा प्रमाणपत्र प्राप्त गरेका थिए ।











