१९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले नेपालमा भएको २० वर्षमुनिको साफ च्याम्पियनशिपमा युवा टोली सम्हालेका थिए ।

नेपाल त्यसको फाइनलमा बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । यसपटक च्याम्पियनशिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ । च्याम्पियनशिपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search