तीनकुने घटना : आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ

काठमाण्डौ । गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजानी र तोडफोड गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही घर भई ललितपुरको टीकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरी घर भई काठमाण्डौ महानगरपालिका–३१ बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

उनीहरूमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसूरमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search