पहिरोले पुरिएर हुम्लामा २६ वटा बाख्रा मरे

हुम्ला । हुम्लामा बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको गोठभित्र पुरिएर २६ वटा बाख्रा मरेका छन् ।अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढी पहिरो आउँदा पुरिएर मरेका हुन् । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । बाँकी बाख्रा हराइरहेकाले खोजी भइरहेको छ ।

बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको छ । वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search