सुनको भाउ १४ सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ९० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search