हङकङ र लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । आगामी जुनमा हुने हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीको नाम घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले हङकङसँग जुन ५ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन २० मा एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।

प्रारम्भिक चरणमा छनोट भएका खेलाडीलाई यही वैशाख १७ गते एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न एन्फाले आग्रह गरेको छ । भर्खरै सम्पन्न नेपाल सुपर लिगमा पोखरा थण्डर्सका लागि २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड समिर तामाङसँगै डिफेण्डर पदम भट्टराई, च्याम्पियन ललितपुर सिटीका आदित्य शाक्य प्रारम्भिक चरणमै टिममा परेनन् ।

यस्तै पछिल्लो पटक सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा मलेसियासाग खेल्ने टिममा परेका डिफेण्डर रनदिप पौडेल, फरवार्ड भरत खवास र रेजिन सुब्बा भने यस पटक प्रारम्भिक चरणमा समावेश छैनन् । भरत र रेजिनले नेपाल सुपर लिग खेलेनन् भने रनदिपको प्रदर्शन राम्रो हुन सकेन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search