काठमाण्डौ । आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो । यसअघि गएको वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।