काठमाण्डौ । हिजो ६२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव ६४ विन्दुमा झरेको छ ।
आज फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ ।
आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।