मकालु ४ का १४३ परिवारलाई फलामे चुला वितरण

कारमाराङ । मकालु गाउँपालिका वडा नं. ४ का १ सय ४३ घर परिवारलाई फलामे चुला वितरण गरिएको छ । वैैशाख २१ गते मकालु ३ को समाटार भन्ने ठाउँमा चुला वितरण गरिएको हो । प्लान फर नेपालको सहयोगमा फलामे चुला वितरण गरिएको हो ।

प्लान फर नेपालका अध्यक्ष दावा शेर्पाको समन्वयमा मनी पर इल नेपालका सचिब लाराको उपस्थितीमा वडा नं.४ का स्थानीयलाई चुला वितरण गरिएको हो ।

सो संस्थाले मकालु गाउँपालिकाको विभिन्न वडामा गाई र चुला लगायतका सामग्री वितरण गर्दै आएको छ । यस कार्यक्रमले स्थानीयलाई धुवाँबाट हुने असर कम हुने वडा अध्यक्ष बाल कुमार तामाङले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search