मकालु गाउँपालिका वडा नं. ३ र ४ मा मनी पर इल नेपाल र प्लान फर नेपालले सहयोग वितरण गरेको छ । उक्त संस्थाहरुले वडा नं. ३ का ६० घरपरिवारलाई निशुल्क गाई वितरण गरेकोे छ भने वडा नं. ४ मा १ सय ४३ ओटा फलामे चुला वितरण गरेको हो । प्लान फर नेपालका अध्यक्ष दावा शेर्पाको समन्वयमा मनी पर इल नेपालका सचिब लाराको उपस्थितीमा वडा नं ३ का ६० परिवारलाई एक/एक ओटा गाई निशुल्क वितरण गरिएको हो ।
सोही संस्थाले यस वडामा तीन पटक गाई वितरण गरिसकेको छ । पहिलो पटक ६५ ओटा, दोस्रो पटक १० ओटा र अहिले ६० ओटा गाई वितरण गरेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो । यसरी गाई वितरण गरेर सहयोग गर्नेे संस्थाप्रति वडा अध्यक्ष राईले आभार व्यक्त गर्नुभयो ।
यो कार्यक्रमले स्थानीय नागरिकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै “स्वाभिमान हामी सबैको पहिचान, स्वभलम्विता ३ नं. वडाको अभियान” नारालाई सार्थक पार्न यो कार्यक्रमले सहयोग गरेको उल्लेख गर्नुभयो ।
यस्तै वडा नं. ४ लाई धुवाँरहित बनाउनका लागि वितरण गरिएको चुलाको सहि सदुपयोग गर्न वडा अध्यक्ष बाल कुमार तामाङले आग्रह गर्नुभयो । यस कार्यक्रमले स्थानीयलाई धुवाँबाट हुने असर कम हुने अडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।