सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । गएको वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताउनुभएको छ ।

यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्तामा रहनुभएका अहमद अल साराको महत्त्वपूर्ण जीत रहेको बीबीसीले जनाएको छ । गएको डिसेम्बरमा सिरियाको राष्ट्रपति रहेका उहाँले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिनुभएको थियो । यसअघि अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार दिने साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको हो । सम्झौता अनुसार साउदी अरबले अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search