कपिलवस्तुको बुद्धभूमिमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गयो

काठमाण्डौ । कपिलवस्तुमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गएको छ । आज बिहान करिब पौने ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

कारको ठक्करबाट अन्दाजी ६०–६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक शर्माका अनुसार कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search