आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाण्डौ । आज विश्व उच्च रक्तचाप दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको नारा ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नुहोस्, लामो समय बाँच्नुहोस्’ रहेको छ ।

बेला–बेला रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गरी यसवर्षको उच्च रक्तचाप दिवस मनाउन लागिएको हो । उच्च रक्तचापलाई ‘हाइपरटेन्सन’ पनि भनिन्छ । सन् २००५ देखि यो दिन मनाउन शुरू गरिएको हो ।

बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीलगायतले मानिसलाई ‘हाइपरटेन्सिभ’ बनाउने गरेको डाक्टरले बताएका छन् ।

‘ब्लडप्रेशर’लाई ठीक ठाउँमा राख्न आवश्यक छ । सामान्यतया माथिल्लो ‘प्रेशर’ अर्थात् ‘सिस्टोलिक’ १२० र तल्लो ‘डायस्टोलिक’ ८० हुने गर्छ । विशेषगरी हृदय रोगको कारक तत्वमा रक्तचाप उच्च हुनुलाई मानिन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search