संखुवासभा । संखुवासभाको मकालु गाउापालिका वडा नं. १ का कीर्तिमानी प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पाले धौलागिरी हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको छ । उहाँले वैशाख २७ गते शनिबार ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको हो ।
म्याग्दीको धौलागीरी गाउँपालिका वडा नं.४ मा अवस्थित विश्वको सातौँ अग्लो धौलागिरी हिमालमा वसन्तकालीन यामको पहिलो सफल आरोहण गर्नु भएको हो । मौसमको प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलिले चालु याममा पहिलो सफल आरोहण गरेको शेर्पाले जानकारी दिनु भयो ।
मकालु गाउँपालिकाका वडा नं. १ का लाक्पा शेर्पा मकालु लाक्पाका नामले चिनिनु हुन्छ । मकालु हिमाल आरोहणमा उहाँको कमाण्ड र बिशेष बिज्ञता छ । उहाँले हिमाल आरोहण गरेरै बिभिन्न कीर्तिमान कायम गरी सक्नु भएको छ ।