आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाण्डौ । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । यो दिवस २०६८ सालदेखि मनाउन थालिएको हो ।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । दिवसको अवसरमा आज सरोकारवालाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना व्यक्त गर्दै जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसैबीच तनहुँको शुक्लागण्डकी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज स्थानीय बिदा दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search