काठमाण्डौ । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ ।
संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।
नेकपा(माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन् ।