विश्व टेस्ट च्याम्पियनशिप : अस्ट्रेलिया २ सय १२ रनमा अलआउट, दक्षिण अफ्रिकाको पनि खराब शुरुआत

काठमाण्डौ । आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलको पहिलो दिन पूर्व विजेता अस्ट्रेलिया दुई सय १२ रनमा अलआउट भएको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ अष्ट्रेलिया पहिलो दिनमै दुई सय १२ रनमै अलआउट भएको हो ।

अस्ट्रेलियाका लागि ब्यू वेबस्टरले ७२ र स्टीवन स्मिथले ६६ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले पाँच विकेट लिए । यस्तै मार्को जानसेनले तीन तथा केशव महाराज र एडेन माक्र्रमले समान एक विकेट लिए ।

दक्षिण अफ्रिकाले पनि आफ्नो पहिलो पारीमा खराब शुरुआत गरेको छ । पहिलो दिनको खेल सकिंदा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर ४३ रन बनाएको छ । उसका लागि ओपनर ब्याटर रायन रिकेल्टनले १६ रन बनाएर आउट भए । कप्तान टेम्बा बाभुमाले तीन रन र डेभिड बेडिङघमले आठ रन बनाउँदै अविजित छन् ।

अस्ट्रेलियाका मिचेल स्टार्क दुई तथा जोश हेजलवुड र प्याट कमिन्सले समान एक विकेट लिएका छन् । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।

यो संस्करणको विजेताले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेताले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ । सन् २०१९ देखि शुरू भएको विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करण न्युजिल्यान्डले जितेको थियो । यस्तै दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search