काठमाण्डौ । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज हिजोजस्तै तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो ।











