भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति

युरोपेली सङ्घ (इयु) र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन । यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको बताउनु भयो । यो समयमा साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेको बताउनुभयो ।

युरोपेली सङ्घका २७ देश र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।युरोपेली आयोगले यो सम्झौता ठूलो उपलब्धि भएको र आउँदो सेप्टेम्बरमा यो औपचारिक रूपमा टुङ्गिने बताएको छ । अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search