इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेश्कियान घाइते भएका खुलासा

गएको महिना इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी राष्ट्रपति मसुद पेजेश्कियान घाइते भएका खुलेको छ । गएको महिना इजरायली आक्रमणमा राष्ट्रपति पेजेश्कियानको खुट्टामा चोट लागेको इरानको सरकारी फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग नजिक रहेको फार्स समाचार एजेन्सीले राष्ट्रपति मसुद पेजेश्कियानले गएको जुन १६ मा तेहरानको एउटा भवनमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा भाग लिएको बताएको छ । बैठककै क्रममा इजरायलले गोप्य भूमिगत सुविधाको प्रवेशमार्गहरूमा ६ वटा बम खसालेको खबरमा उल्लेख छ ।

यद्दपि फार्स समाचारको रिपोर्ट स्वतन्त्र रूपमा प्रमाणित भएको छैन । इजरायलले अहिलेसम्म रिपोर्टमा कुनै टिप्पणी गरेको छैन । गएको हप्ता मात्र इरानका राष्ट्रपतिले इजरायलले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाउनुभएको थियो । यो आरोपलाई इजरायली रक्षामन्त्री इजरायल काट्जले अस्वीकार गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search