लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, जीएसआई मा समर्थन गरेका छैनौँ : प्रधानमन्त्री ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताउनुभएको छ । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा आफूले असहमति राखेको उहाँले स्पष्ट गर्नुभयो ।

ललितपुरको सनराइज सभा हलमा आजदेखि शुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताउनुभयो । ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search