भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख रुपैयाँ सङ्कलन

काठमाण्डाै । गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा ६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।

आज बिहानसम्म ६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो । जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको थियो ।

कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घ–संस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो ।

पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालू आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ । कोषका योगदानकर्ताको विवरण सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search