सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आज एक समारोहका बीच काठमाण्डौमा शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिलालाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिह्न खडा हुनेसमेत बताउनुभयो ।

उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिर गर्नुभयो । आफू सरकारमा आएको झन्डै दुई महिना बढी भएको र यसबीचमा पनि आफूले महिलालाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी छ ।

प्रधानमन्त्री कार्कीले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने उल्लेख गर्नुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि गरिबी निवारण र समाजलाई जगाउने कुरालाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search