काठमाण्डौ । आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ ।
आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान छ । देशभर आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो ।










