पाँचखपन ४ मा अपांगता भएकाहरुको परिचयपत्र नवीकरण तथा दर्ता सम्पन्न

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ४ का अपांगता भएका व्यक्तिहरुको अपांगता परिचयपत्र नवीकरण तथा दर्ता र जेष्ठ नागरिक परिचय पत्र जारि गर्ने कार्य सम्पन्न भएको छ । बिहिबार वडा कार्यालयको प्रांगणमा भएको शिविरमा ३८ जना अपांगता भएका व्यक्तिहरुको परिचयपत्र नवीकरण गरिएको हो । यस वडामा ७२ जना अपांगता भएका व्यक्तिहरु छन् । जसमध्ये १२ जना रातो, १२ जना निलो, ४ जना पहेलो र २ जना सेतो परिचयपत्र जारी गरिएका अपांगता भएका व्यक्तिहरु छन् । शिविरमा ८ जना अपांगता भएका व्यक्तिहरुको परिचयपत्र जारी गरिएको छ ।

पौष ७ गते देखि पाँचखपनका वडाहरुमा १० दिने घुम्ती शिविर सुरु गरिएको हो । हरेक नयाँ आर्थिक वर्षमा परिचयपत्र नवीकरण र दर्ता गरिए पनि अपांगताहरुको वर्ग निर्धारणका लागि अध्यावधिक गर्नुपर्ने भएकाले शिविर सञ्चालन गरिएको हो । जसमा सुधार भएका अपांगता भएकाहरुको सुविधा कटौती तथा समस्या थप हुँदै गएकाहरुको वर्ग थप गर्नुपर्ने भएकाले शिविर नै आयोजना गर्नुपर्ने भएको वडा अध्यक्ष टोप बहादुर तामाङले जानकारी दिनु भयो ।

पाँचखपन नगरपालिकामा ४ सय ८१ जना अपांगता भएका व्यक्तिहरु छन् । जसमा ३ सय ४८ जना अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भक्ता लिइरहेका छन् । स्थानीय तहहरुको तुलनामा सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने अपांगता भएका व्यक्तिहरुको संख्या पाँचखपनको रहेको छ । जसका कारण अपांगता भएकाहरुको अध्यावधिकका लागि स्वास्थ्यकर्मी लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ्य परिक्षणसहित शिविर सञ्चालन गरिएको नगर उपप्रमुख सुमुना श्रेष्ठले बताउनु भयो ।

शिविर प्रत्येक वडा कार्यालयको केन्द्रहरुमा बिहान १० देखि ४ बजेसम्म सञ्चालन भई पौष १६ गते सम्पन्न हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search