देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई गर्‍याे ५ वर्षको कारबाही

काठमाण्डाै । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गर्नुभएको थियो । विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरि चुनावी प्रक्रिया अघि बढाउनुभएको छ ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका भए पनि सहमति नभएपछि आज बसेको केन्द्रीय समितिले थापा र शर्मालाई कारबाही गरेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search