काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको महामन्त्रीद्ववमाथिकाे कारबाहीलगायतका निर्णयहरू विशेष महाधिवेशन हलले खारेज गरेको छ ।
विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले त्यो समितिले गरेका सबै निर्णय विशेष महाधिवेशनको हलले खारेज गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले विघटित केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरि गरिएको कारबाही अनधिकृत भएको जिकिर गर्नुभयो ।
केन्द्रीय सदस्य शिवाकाेटीले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दाबी गर्नुभयो ।











