महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल जिम्बावेले दिएकाे १ सय ३० रनकाे लक्ष्य पछ्याउँदै

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा जिम्बावेले नेपाललाई १ सय ३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो । जिम्बावेकी केलिस एनध्लोभुले नटआउट ५२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल ‘सुपर–सिक्स’ मा पुग्ने सम्भावना निकै कमजोर भइसकेको छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search